२०८१ पुष २४ गते ८:०१ विकासन्युज
काठमाडौं । विभिन्न तीन संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको हो । यी तीनै संस्थाका संस्थापक समूहका सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
नारायणी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले ९४ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।
यस्तै, सपोर्ट लघुवित्तको सस्थापक समूहको ६ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस्तै, महुली लघुवित्तको संस्थापक समूहको ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.