२०८१ पुष २४ गते १२:०२ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ ।
महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।
विगतमा पनि अंगाईले यस क्षेत्रमा नेपालको व्यापार र लगानीको बढाउन महत्त्वपूर्ण योगदान दिएको पत्रमा उल्लेख छ ।
उनको नेटवर्किङ क्षमता र उद्योग विशेषज्ञताले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गरेको छ ।
अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।
संयुक्त व्यापार उद्यम, र सहयोगी परियोजनाहरूको लागि थप सम्भावना बढेर गएको छ ।
यसैगरी, उनले नेपाल र चीनबीच उच्चस्तरीय व्यापार प्रतिनिधिमण्डलको आयोजना र मार्गदर्शनमा नेतृत्वले बहुमूल्य नेटवर्किङ अवसरहरू सिर्जना गरेको र सहकार्यका लागि नयाँ सम्भावनाहरूको पहिचान गरेको बताइएको छ ।
नेपालको आर्थिक हितलाई अगाडि बढाउन लागि अंगाईको निरन्तर प्रयास र प्रतिबद्धताको महासंघले इमानदारीपूर्वक कदर गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.