नेप्सेमा एकल अंकको वृद्धि, ६ अर्ब ४० करोडको कारोबार

  २०८१ पुष २४ गते १५:२३     विकासन्युज

काठमाडौं । मंगलबार बढेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ बिन्दुमा कायम भएको छ । बुधबार नेप्से ६.१६ अंकले बढेको थियो ।

नेप्सेका अनुसार ३०५ स्टकको ७२ हजार १२० पटक कारोबारमा एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये सात उपसमूहको सेयरमूल्य घटेको छ भने बाँकी उपसमूह बढेका छन् । बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, म्युचल फण्ड ०.१०, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशतले घटेको छ ।

विकास बैंक ०.५३, वित्त ४.७७, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स १.५९ प्रतिशतले बढको छ ।

आज समृद्धि फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । उक्त बैंकका लगानीकर्ताकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

आज सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, बारही हाइड्रोपावर ९.६९, त्रिशुली जलविद्युत ६.१३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा न्यादी हाइड्रोपावरको सर्वाधिक २२ करोड ५३ लाख रुपैयाँ बराबर कारोबार भएको छ । दोस्रोमा सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

सुपर म्यादी हाइड्रोपावर १८ करोड ५९ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर १५ करोड ४२ लाख र नेपाल फाइनान्स लिमिटेडको १४ करोड ७४ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.