२०८१ पुष २४ गते १७:५२ विकासन्युज
काठमाडौं । के तपाईंलाई थाहा छ संसारको कुन देशमा कपाल काट्न सबैभन्दा महँगो छ ? उत्तर हो नर्वे । नेटक्रेडिटका अनुसार यो युरोपेली देशको राजधानी ओस्लोमा कपाल काट्न ६४.५० डलर अर्थात् करिब ९ हजार रुपैयाँ (८,८९७.०१) खर्च गर्नुपर्ने हुन्छ ।
यो सूचीमा नेपाल निकै पछाडि छ । तपाईंले काठमाडौंको सामान्य सैलुनमै १.८१ डलर अर्थात् लगभग २५० रुपैयाँमा कपाल काट्न सक्नुहुन्छ । यदि तपाईं अलिक राम्रो ठाउँमा जान चाहनुहुन्छ भने चारदेखि पाँच डलरमा काटिदिन्छन् ।
सबैभन्दा महँगो कपाल काट्ने देशको सूचीमा जापान दोस्रो स्थानमा छ । यस देशमा कपाल काट्नको लागि तपाईंले ५६ डलर खर्च गर्नुपर्छ । डेनमार्क, स्वीडेन, अष्ट्रेलिया, अमेरिका र स्विट्जरल्याण्डमा, हेयरकटको लागत ४० डलरभन्दा बढी छ ।
त्यस्तै, फ्रान्स, दक्षिण कोरिया, इङ्गल्याण्ड, जर्मनी, अस्ट्रिया र फिनल्याण्डमा कपाल काट्नका लागि ३० डलरभन्दा बढी खर्च गर्नुपर्नेछ । आयरल्याण्ड, चेक गणतन्त्र, क्यानडा, पोल्याण्ड, पोर्चुगल, इटाली, स्पेन र साउदी अरेबियामा कपाल काट्न २० डलरभन्दा बढी खर्च हुन्छ ।
दक्षिण अफ्रिका, रुस, चिली, ग्रीस, बेलारुस, हंगेरी, काजाकिस्तान, युक्रेन, कोलम्बिया, मेक्सिको, भियतनाम, ब्राजिल र अल्जेरियामा कपाल काट्ने मूल्य ५ डलरभन्दा बढी छ ।
पाकिस्तानको राजधानी इस्लामावादको एउटा राम्रो सैलुनमा कपाल काट्नको लागि ४.४४ डलर खर्च गर्नुपर्छ । अर्जेन्टिनामा यो काम ३.१५ डलरमा हुन्छ भने नाइजेरियामा १.८३ डलर र जाम्बियामा १.६५ डलर खर्च हुन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.