२०८१ पुष २५ गते १५:१८ विकासन्युज
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ५५ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३०८ कम्पनीको १ करोड ५७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सुपर म्यादी हाइड्रोपावरको भएको छ । सुपरको ४४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सीनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख, सीन्धु विकास बैंकको २५ करोड २४ लाख, हिमालयन पावर पाटनरको १९ करोड ८५ लाख र एनआरएन इन्फ्राइस्ट्रक्चरको १७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.