२०८१ पुष २५ गते २०:५५ विकासन्युज
काठमाडौं । रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी उनीहरुले आजै धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
अदालतले रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो ।
सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५÷५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले रविले भोलि काठमाडां अदालतमा उपस्थित हुने बुझिएको छ ।
कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन हिरासतमा बसेका छन्।
Copyright © 2025 Bikash Media Pvt. Ltd.