२०८१ पुष २६ गते १८:०५ विकासन्युज
काठमाडौं । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले सिंहदरबारभित्रका सबै मन्त्री तथा कर्मचारीहरूले नेपाली जुत्ता लगाउनुपर्छ भन्ने नारालाई उद्योगमन्त्री दामोदर भण्डारीले सम्बोधन गरेका बताएका छन् ।
फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस कार्यक्रममा अध्यक्ष न्यौपानेले सबै मन्त्री तथा कर्मचारीले नेपाली जुत्ता लगाउनुपर्छ भन्ने उद्देश्य रहेको बताए ।
उनले भने, ‘यो अभियान सडक, गल्ली अनि चोकमा गरिनुपर्छ । यस अभियानमा सबैको साथ सहयोग आवश्यक रहेको छ । नेपाली जुत्ता चप्पल नेपाली ब्रान्डलाई स्वदेशीमै लगाइनुपर्छ ।’
‘हाल हामीसँग जनशक्ति कम छ । यसलाई बढाएर ७५ प्रतिशत पुर्याउँछाैं । यसका लागि मन्त्रीज्यूले आवश्यक पहल गर्नु जरुरी छ,’ उनले थपे ।
अध्यक्ष न्याैपानेले नेपालीहरूले विदेशी जुत्ताचप्पल लगाउने गरेको गुनासाे गरे । उनले विदेशी जुत्ताचप्पल लाखाैं करोडौंका हिसाबमा नेपालमा खपत भइरहेको र यो चाेरीपैठारी काराेबारलाई रोक्नुपर्ने उनले आग्रह गरे ।
कार्यक्रमको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीले गरेका छन् । कार्यक्रममा महामन्त्री गगन थापा, एमाले महासचिव प्रदिप ज्ञवाली, श्रम विभागका सचिव लगायतको सहभागी रहेको छ ।
एसोसिएसनका अनुसार २०८०/८१ मा नेपालमा साढे ११ लाख जुत्ता नेपाल खपत भएको छ । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपाल २०५७ सालमा स्थापना भएको थियो । यसले ७५ प्रतिशत बजार ओगटेको दावी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.