नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

  २०८१ पुष २८ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले २७ सदस्यहरूसहित नयाँ सञ्चालक समिति नियुक्ति गरेको छ । सञ्चालक समितिको अध्यक्षमा ध्रुव तिमिल्सिना (अवसर इक्विटी लिमिटेड) सर्वसम्मतिले नियुक्त भएका हुन् ।

मनिष थापा (ग्लोबल इक्विटी फण्ड), निधान श्रेष्ठ (ट्रु नर्थ एसोसिएट्स), महिमा न्यौपाने (स्वेडा इक्विटी), रबिन श्रेष्ठ (अल्फा प्लस भेन्चर्स लिमिटेड), सुवास थापा (एनआईएमबी एस क्यापिटल लिमिटेड) र विश्व गिरी (वान टु वाच) बोर्डको सञ्चालक समितिमा चुनिएका छन् ।

पछिल्लो सञ्चालक समितिका दुई सदस्य सिद्धान्तराज पाण्डे र विध्याबारिधि सिग्देलको कार्यकाल सकिएको छ । मनोज पौडेलले समितिबाट राजीनामा दिएका छन् । साथै पूर्वअध्यक्ष पाण्डे सल्लाहकारको भूमिकामा रहनेछन् ।

सभामा अतिथि फ्रेडरिक भासोर्टले रणनीतिक भेन्चर क्यापिटल: स्टार्ट-अप ग्रोथ फन्डिङ बारेमा प्रस्तुति दिएका थिए ।

सभामा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले निजी इक्विटी र भेन्चर क्यापिटलको नेपालको आर्थिक परिदृश्यमा महत्त्वलाई जोड दिँदै उद्योगको वृद्धिमा अवरोध गर्ने नियामक मुद्दाहरूलाई समाधान गर्न सेबोनको तत्परता रहने बताए ।

काठमाडौंमा गत शुक्रबार भएको सभा नयाँ सञ्चालक समितिको परिचय, नवनिर्वाचित अध्यक्षद्वारा धन्यवाद ज्ञापन र स्वागत समारोहसँगै समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.