कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

  २०८१ पुष २८ गते ११:४१     विकासन्युज

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो २४औँ वार्षिक साधारणसभा माघ २१ गतेका लागि बोलाएको हो ।

सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहान ११ बजेदेखि हुनेछ । साधारणसभा प्रयोजनाका लागि माघ ११ गते बुक क्लोज हुनेछ ।

साधारणसभामा हुने छलफलका विषय यसप्रकार छन्

१. सञ्चालक समितिको आव २०८०/८१ वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वार्षिक आर्थिक विवरण  २०८१ आषाढ मसान्तसम्मको वासलात, आव २०८०/०८१ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबिएल सेक्यूरिटिज लिको आव २०८०/०८१ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण पारित गर्ने ।

४. आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

ख. विविध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.