सोमबार सार्वजनिक बिदा

  २०८१ पुष २८ गते १३:३९     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिता पर्वको अवसरमा भोली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरिएको छ ।

सोमबारदेखि थारु समुदायको माघ पर्व सुरु हुने गर्छ । माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ ।

माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा संघीय सरकारले नै सार्वजनिक बिदा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.