हुन्डाईले जापानमा सार्वजनिक गर्‍यो १८ हजार डलरको ईभी ‘इनस्टर’

  २०८१ पुष २८ गते १५:०८     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको हुन्डाई मोटरले जापानमा २.८५ मिलियन येन (करिब १८ हजार डलर) मूल्यको इनस्टर नामक सस्तो कम्प्याक्ट इलेक्ट्रिक कार (ईभी) सार्वजनिक गरेको छ, जसले पेट्रोल र हाइब्रिड प्रविधिमा प्रभुत्व जमाएका स्थानीय कम्पनीहरूको बजारमा प्रवेश गर्ने लक्ष्य राखेको छ ।

यससँगै इनस्टरले जापानमा सबैभन्दा सस्तो कम्प्याक्ट इलेक्ट्रिक कारको स्थान लिएको छ, जुन २०२३ मा बीवाईडीको डल्फिनको ३.६३ मिलियन येन मूल्यभन्दा कम हो ।

यो कारले मे महिनादेखि जापानी ग्राहकहरूलाई डेलिभरी सुरु गर्ने योजना रहेको हुन्डाई मोबिलिटी जापानका सीईओ तोशियुकी शिमेगीले टोकियो अटो सैलुन मोटर शोको क्रममा एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

हुन्डाई इन्स्टरको जापान सुरुवातले टेस्लाको प्रयासलाई पछ्याउने जनाइएकाे छ ।

इन्स्टरको साथ हुन्डाईले चीनको अग्रणी ईभी निर्माता बीवाईडीजस्तै कम मूल्यको रणनीति लिने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको अल्ट्रा-कम्प्याक्ट ‘केई कार’ श्रेणीमा निसान मोटरको सकुरा २.६ मिलियन येनमा बिक्री भइरहेको छ र यो देशको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक कार हो ।

तर गत वर्ष सकुराको बिक्री २३ हजारभन्दा कम थियो, जुन २०२३ को तुलनामा लगभग ४० प्रतिशतले कम हाे । यसले जापानी यात्रु कार बजारमा इलेक्ट्रिक कारहरूको लोकप्रियता कम रहेको देखाउँछ ।

हुन्डाईले गत वर्ष जापानमा मात्र ६०७ गाडीहरू बेचेको थियो, जबकि बीवाईडीले २ हजार २२३ गाडीहरू बेचेको थियो।

हुन्डाईले आगामी पाँच वर्षमा जापानमा आफ्नो बिक्रीलाई दश गुणा बढाउने लक्ष्य राखेको छ ।

हुन्डाईले २००९ मा जापानी बजारबाट बाहिरिएपछि २०२२ मा मात्र इलेक्ट्रिक र फ्युल सेल गाडीहरूमार्फत पुन: प्रवेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.