८४ दिनपछि थुनामुक्त भएका रवि फेरि हिरासतमै

  २०८१ पुष २८ गते १६:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि हिरासतमै पुगेका छन् । ८४ दिनसम्म जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले पनि प्रहरीको जिम्मा लगाएपछि फेरि हिरासतमै पुगेका हुन् ।

आइतबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने बुझिएको छ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.