माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित

  २०८१ पुष २८ गते १७:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

यसैगरी, सभाले जीपी राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न बैंक अगाडि बढिरहेको जानकारी गराए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.