नेपाल राष्ट्र बैंकले गर्‍यो एक मनिचेञ्जर कम्पनीको इजाजत रद्द

  २०८१ पुष २८ गते १७:४७     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरिदिएको छ । राष्ट्र बैंकले मनोकामना मनिचेञ्जर वीरगञ्ज प्रालिको इजाजतपत्र रद्द गरिदिएको जनाएको छ ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौंथो संशोधनसहितको विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्थाबमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको नेपाल राष्ट्रले उल्लेख गरेको छ । अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोवार नगर्न/नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकको वीरगञ्ज कार्यालयबाट भारतीय रूपैयाँ खरिद-बिक्री गर्नका लागि उक्त कम्पनीलाई इजाजतपत्र प्रदान गरेकाे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.