मञ्जुश्री फाइनान्सको १७ औं साधारण सभा सम्पन्न, ६.३५ प्रतिशत लाभांश वितरण गर्ने

  २०८१ पुष २८ गते १८:२३     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको करसमेत) वितरण गर्ने निर्णय पारित गरेको छ ।

सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट ३ जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सतिश गौतम गरी ४ जना जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भए ।

यसैगरी, वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई काठमाडौं महानगर- १० बाट ठाउँसारी गरी वडा नम्बर ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएकाे छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।

यस फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही २७ वटा शाखा तथा एक बिस्तारित काउन्टरमार्फत देशभरका प्रमुख सहरमा १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.