आइसिएफसि फाइनान्सले ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

  २०८१ पुष २९ गते ८:३४     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सले माघ ९ गते ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार १ लाख ८० हजार कित्ता अर्थात् १८ करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट र १ लाख २० हजार कित्ता अर्थात् १२ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट ६ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि बिक्री गरिने छ।

ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने कम्पनीले जनाएको छ।

ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.