२०२४ मा मर्सिडिज बेन्जको बिक्रीमा गिरावट

  २०८१ पुष २९ गते ११:५८     विकासन्युज

काठमाडौं । जर्मन लक्जरी कार निर्माता मर्सिडिज बेन्जको सन् २०२४ मा मुख्य कार बिक्रीमा गिरावट आएको छ । चीनमा कमजोर अर्थतन्त्रका कारण बिक्री घटेको कम्पनीले शुक्रबार जनाएकाे छ ।

यसको बावजुत पनि मर्सिडीजको सेयर ४ प्रतिशतले बढेको थियाे । कम्पनीको सेयर मूल्य २०२४ मा लगभग १५ प्रतिशतले घटेको थियो।

स्टिफिल विश्लेषक डेनियल श्वार्जले तेस्रो त्रैमासिकको कमजोर प्रदर्शनपछि कम्पनीको उच्चस्तरीय सेग्मेन्टमा ३४ प्रतिशतको त्रैमासिक बिक्री वृद्धिलाई सकारात्मक संकेतको रूपमा औंल्याएका छन् ।

कम्पनीले २०२४ मा आफ्नो नाफा मार्जिन लक्ष्य दुई पटक घटाएको थियो र लागत कटौतीलाई तीव्र बनाउने योजना बनाएको छ ।

कम्पनीले २०२४ मा १९ लाख ८३ हजार ४०० कारहरू बेचेको छ, जुन २०२३ को तुलनामा ३ प्रतिशतले कम हो । चीनमा बिक्री ७ प्रतिशत र युरोपमा ३ प्रतिशतले घटेको छ ।

ब्याट्री-इलेक्ट्रिक कारहरूको वार्षिक बिक्री २३ प्रतिशतले घटेर १ लाख ८५ हजार १०० मा पुगेको छ, जसले नयाँ ईयू सी‌ओटू उत्सर्जन कटौती लक्ष्यहरूको सामना गर्न थप चुनौती प्रस्तुत गरेको छ । युरोपेली प्रतिद्वन्द्वीहरूको बढ्दो संख्याले पनि मर्सिडिजको बिक्रीमा कमी आएकाे हाे।

बजारको अवस्था निकट भविष्यमा सुधार हुने सम्भावना नभएकोले मर्सिडिजले आफ्नो मध्यकालीन नाफा लक्ष्य पनि घटाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्पनीले २०२४ को वित्तीय विवरण फेब्रुअरी २० मा सार्वजनिक गर्दैछ ।

होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने

झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने

चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.