सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध

  २०८१ पुष २९ गते १२:२८     विकासन्युज

काठमाडौं । मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवद्र्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ ।

जुलाई १, २०२५ मा लागू हुने यो प्रतिवन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ ।

खाना र पेय पदार्थको मार्केटिङले बच्चाको पोषण ज्ञान, खानाको प्राथमिकता र उपभोग ढाँचालाई असर गर्नसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.