मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै, एकै महिनामा हुन्छ पौने ४ खर्बको कारोबार

  २०८१ पुष २९ गते १३:३०     विकासन्युज

काठमाडौं । पछिल्ला वर्षहरुमा मोबाईल बैंकिङ प्रयोगकर्ताहरु बढ्दै गएको छ । पछिल्लो एक वर्षमा मोबाईल बैंकिङ प्रयोग गर्नेको संख्या ३४ लाख ९ हजारले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०८० मसिंर मसान्तसम्म मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्सा २ करोड २६ लाख २४ हजार ६०७ थियो । २०८१ को मसिंर मसान्तसम्म आइपुग्दा मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६० ला ३४ हजार ३५४ पुगेको छ ।

कारोबार पनि बढेको बढै

मोबाईल बैंकिङका प्रयोगकर्ता बढेसँगै यसबाट हुने कारोबार पनि बढदै गएको छ । २०८० मसिंर महिनामा मोबाईल बैंकिङबाट ३ करोड १३ लाख २७ हजार ६५९ पटक टान्सफर हुँदा २ खर्ब ६३ अर्ब ४६ करोड बढीको कारोबार भएको थियो । २०८१ मसिंर महिनामा मोबाईल बैंकिङबाट ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कार्तिक महिनामा ३ खर्ब ७४ अर्ब ६६ करोड भन्दा धेरै रुपैयाँको कारोबार भएको थियो ।

२०८१ मसिंर महिनामा मोबाईल बैंकिङबाट ४ करोड ७४ लाख ४६ हजार ९४८ पटक टान्सफर भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कार्तिक महिनामा मोबाईल बैंकिङमार्फत ४ करोड ३९ लाख ८२ हजार २८४ पटक टान्सफर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.