नेपाली बजारमा लन्च भयो ‘रेड्मी नोट फोर्टिन सिरिज’, गुगलको एआई ‘जेमिनी’को पनि सुविधा

  २०८१ पुष २९ गते १४:४२     विकासन्युज

काठमाडौं। साओमीले नेपाली बजारमा रेड्मी नोट फोर्टिन सिरिज सार्वजनिक गरेको छ। सोमबार ठमेलस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै साओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो ।

कम्पनीले सोमबारदेखि नेपाली बजारमा यो सिरिज उपलब्ध गराएको हो ।

यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ । फाइभजीमा रेड्मी नोट फोर्टिन फाइभजी, रेड्मी नोट फोर्टिन प्रो फाइभजी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभजी रहेका छन् । यसैगरी, फोरजी फोनमा रेड्मी नोट फोर्टिन फोरजी फोन रहेका छन् ।

जसमा रेड्मी नोट फोर्टिन सिरिजमा रेड्मी नोट फोर्टिन, रेड्मी नोट फोर्टिन फाइभ जी, रेड्मी नोट फोर्टिन प्रो फाइभ जी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभ जी गरी ४ मोडलहरू रहेका छन् । यी सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता रहेको कम्पनीले जनाएको छ ।

हेर्नुहोस् केके छन् विशेषता

नोट फोर्टिन प्रो र नोट फोर्टिन प्रो प्लस

कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो ।

एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो-ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ ।

यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ ।

यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् ।

पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै, यी मोडेलमा १.५ के एमोलेड डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ ।

प्रो प्लस फाइभजीमा स्न्यापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै, यो मोडल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, फोर्टिन प्रोमा मिडियाटेक डाइमेन्सिटी ७ हजार ३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ । यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ ।

नोट फोर्टिन सिरिजअन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्‍याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोर भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ भने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ ।

रेड्मी नोट फोर्टिन फाइभ जी

रेड्मी नोट फोर्टिन फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ ।

मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८ जीबी २५६ जीबी र १२ जीबी ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मोडल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ ।

यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ ।

गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ  ।

रेड्मी नोट फोर्टिन फोर जी

यस मोडेलमा मिडियाटेक हेलियो जी ९९- अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६ जीबी  १२८ जीबी र ८ जीबी  २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

१०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ । सेल्फी पारखीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ ।

५ हजार ५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ ।

यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ ।

यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ ।

ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्चस्तरलाई विशेष ध्यान दिइएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए ।

उनले भने, ‘शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट फोर्टिन सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप-स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरूले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।’

यस्तै, कार्यक्रममा सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरू तथा आधिकारिक डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.