मुक्तिनाथ विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

  २०८१ पुष २९ गते १८:१७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रति सेयर १०० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

सभाबाट आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पारित गरेको छ । साथै सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका सुरुका ३० जना संस्थापक सेयरधनी, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक सेयरधनी तथा सञ्चालक सदस्यलाई सम्मान गरिएको थियो ।

कमलादीमा अवस्थित केन्द्रीय कार्यालय बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाटमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्ताव सर्वसम्मत रूपले पारित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.