तीन महिनापछि राजपत्र सच्याउने अवस्थामा किन पुग्यो अर्थमन्त्रालय ?

  २०८१ पुष २९ गते १९:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले राजपत्र सच्याएको छ । अर्थ सचिव रामप्रसाद घिमिरेले सोमबार भुल सुधार भन्दै तीन महिनाअघिको राजपत्र सच्याएका हुन् ।

नेपाल राजपत्र खण्ड ७४ संख्या ३० मिति २०८१ असोज १७ गतेको नेपाल राजपत्र भाग ५ मा प्रकाशित बेरुजु फछर्यौट समितिको गठन सम्बन्धी सूचनाको बुँदा नम्बर २ मा (मस्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक) हुनुपर्नेमा अन्यथा हुन गएकोले भूल सुधार गरिएको छ,’ सोमबार प्रकाशित राजपत्रमा भनिएको छ ।

असोज १७ गते जारी भएको राजपत्रमा भनिएको थियो, ‘सामान्य प्रक्रियाबाट फछर्यौट तथा सम्परीक्षण हुन नसकेका आव २०६०/६१ देखि २०६४/६५ सम्मका बेरुजु (फछर्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक) कुनै संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय, सचिवालय, आयोग विभाग, अदालत वा कार्यालय अन्तर्गतका बेरुजु सम्बन्धित संवैधानिक अंङ्ग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको पुष्ट्याईसहित फटर्यौटको निमित्त सिफारिस भई आएमा औचित्यको आधारमा त्यस्तो बेरुजु नियमित वा मिनाहा गरी लगत कट्टा गर्नुपर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.