अब सरकारी कर्मचारीले स्वदेशी पोसाक मात्रै लगाउनुपर्ने, यस्तो छ नयाँ व्यवस्था

  २०८१ पुष २९ गते १९:५३     विकासन्युज

काठमाडौं । सरकारले सरकारी निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई स्वदेशी पोसाक प्रयोग गर्र्नुपर्ने व्यवस्था गरेको छ । सोमबार सरकारलेल सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यस्तै, सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने, विभिन्न सार्वजनिक कार्यक्रम, गोष्ठी, वा सेमिनारमा आवश्यक पर्ने वस्तु प्रयोग गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।

सार्वजनिक निकायले खरिद सम्बन्धि प्रचलित कानुन बमोजिम वस्तु खरिद गर्दा नेपाली उत्पाद नामक एक विद्युतीय पोर्टल बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.