२०८१ माघ १ गते ८:४९ विकासन्युज
काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृषबहादुर बस्नेत निर्वाचित भएका छन् । सर्वसाधारण समूहतर्फ सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की निर्वाचित भएको बैंकले जनाएको छ ।
विगतमा यस बैंकको प्रमोटर सेयर कारोबार उच्च देखिएको थियो । त्यसको असर निर्वाचन परिणाममा पनि आएको छ । अंगिरमान सिंह, किशोरजङ्ग कार्की र बृषबहादुर बस्नेत यसअघि पनि सञ्चालक समितिमा थिए भने अरु तीन जना नयाँ सञ्चालक हुन् । निर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ । सञ्चालक समितिबाट अध्यक्षको चयन र स्वतन्त्र सञ्चालक नियुक्ती हुन बाँकी रहेको छ ।
बैंकको २३ औं वार्षिक साधारणसभा पुस २९ गते बैंककै केन्द्रीय कार्यालयको सभाहलमा भएको थियो । साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्ताव पारित भएको बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौला पेस गरेका सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु सभासतबाट पारित भएको छ । यस वर्ष बैंकले सेयरधनीलाई लाभांश प्रस्ताव नगरेको बैंकले जनाएको छ ।
प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरुसहित देशभर फैलिएको आप्mनो बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.