२०८१ माघ १ गते १६:०६ विकासन्युज
काठमाडौं । लक्ष्मी सनराइज बैंकका ठुला लगानीकर्ताहरूको संख्या ३७ रहेको पाइएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को विवरणअनुसार बैंकमा ०.५ वा सोभन्दा धेरै सेयर स्वामित्व कायम भएका लगानीकर्ताहरुको संख्या ३७ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व लक्ष्मी कर्प नेपालको रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको १ करोड ८० लाख ४२ हजार ८४१ कित्ता सेयर रहेको छ । अर्थात् ७.७८ प्रतिशत सेयर लक्ष्मी कर्पको स्वामित्वमा रहेको छ ।
यसैगरी, नागरीक लगानी कोषको स्वामित्वमा ४.६५ प्रतिशत रहेको छ । बैंकमा कोषको नाममा १ करोड ७७ लाख १ हजार ७९७ कित्ता सेयर रहेको छ । सारिका खेतानको नाममा ९६ लाख ६९ हजार ३९८ कित्ता सेयर तथा ४.१७ प्रतिशत स्वामित्व रहेको छ ।
यसैगरी, स्नेहा खेतानको नाममा ९० लाख ५६ हजार ९०४ कित्ता सेयर तथा ३.९१ प्रतिशत स्वामित्व, मोतिलाल दुगडको नाममा ६४ लाख २७ हजार ८२७ कित्ता सेयर तथा २.७७ प्रतिशत स्वामित्व, मालचन्द दुगडको नाममा ५५ लाख ६७ हजार ९५८ कित्ता सेयर तथा २.४० प्रतिशत स्वामित्व, रतन लाल संघाईको नाममा ५५ लाख ४२ हजार ९०१ कित्ता सेयर तथा २.३९ प्रतिशत स्वामित्व, गापि कृष्ण सिकारिया र राजेन्द्र कुमार खेतानको नाममा समान २.३५ प्रतिशत स्वामित्व, हिमालयन एक्जीमको १.९७ प्रतिशत स्वामित्व, श्रवण कुमार गोयलको १.४२ प्रतिशत स्वामित्व र सुरेन्द्रा दुगडको १.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यसैगरी, विवेक दुगडको १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्टको १.२८ प्रतिशत, बच्छराज तातेडको १.१५ प्रतिशत, कैलाशचन्द्र गोयलको १ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९९ प्रतिशत, निर्मला देवी गायलको ०.९५ प्रतिशत, पूजा अग्रवाल खेतानको ०.८६ प्रतिशत र विवेक तातेडको ०.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै, शौरभ तातेड, विशाल तातेड र निवास शारडाको समान ०.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ भने ओमप्रकाश सिकारिया, निधि दुगड, पूजा दुगड, श्रद्धा दुगड, प्रियंका अग्रवाल र सरोज दुगडको क्रमशः ०.७६, ०.७५, ०.७२, ०.७१, ०.६४ र ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसैगरी, जमुना पौड्याल, राधेश्याम शारडा र पवनकुमार शारडाको समान ०.५५ प्रतिशत, शिव रतन शारडा र सुभम दुगडको समान ०.५४ प्रतिशत, भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत, कविता लोहिया र मानव अग्रवालको समान ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.