आठौं संस्करणको विराट एक्स्पोमा व्यावसायिक सहकार्यका लागि विराट बजार बीटुबी पेभिलियनको व्यवस्था

  २०८१ माघ १ गते १८:१३     विकासन्युज

काठमाडौं । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । उक्त एक्स्पोको अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरिएकाे छ ।

यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् ।

यो पेभिलियनमा औद्योगिक विकासका लागि व्यावसायिक विकासका सेवाहरूको इकोसिष्टम अभिवृद्धि गर्ने विश्वास गरिएकाे छ । साथै एक्स्पोका मुख्य कार्यक्रमहरू उजागर गर्न यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सिलेन्सका रूपमा प्रस्तुत गर्दै छ ।

पेभिलियनअन्तर्गत बीटुबी डेस्कमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् ।

विशेषगरी एसएमईसहरूसँग अन्य उद्योगहरूको व्यावसायिक सम्पर्क बढाउने गरी यसले काम गर्ने छ ।

त्यसैगरी, बजार प्रवर्धनका लागि मेरो देश मेरै उत्पादन, बिजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रक्रिया तथा स्टेपवाई स्टेप प्रक्रिया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानीको प्रक्रिया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सूचनाहरू भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरूको डिजिटलाइजेशन भर्सनसहितको एकीकृत सेवाहरूको व्यवस्था यो पेभिलियनमा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.