२०८१ माघ २ गते १२:२२ विकासन्युज
काठमाडौं । एमजी कारको निर्माता एसएआईसी मोटरले सीएटीएलको ब्याट्री स्वाप समाधान प्रयोग गरी नयाँ इलेक्ट्रिक गाडी निर्माण गर्ने घोषणा गरेको छ ।
जनवरी १० मा सीएटीएलका अध्यक्ष रोबिन जेंग र एसएआईसी मोटरका अध्यक्ष वाङ शियाओकियू ले फिजियान प्रान्तको निङ्डे सहरमा सीएटीएलको मुख्यालयमा सहकार्य सम्झौतामा हस्ताक्षर गरे ।
यस सहकार्यअन्तर्गत एसएआईसी मोटरले सीएटीएलको चोको-एसईबी ब्याट्री स्वाप प्रणालीसँग उपयुक्त हुने ईभी मोडलहरू विकास गर्नेछ । साथै उपभोक्ताहरूलाई छिटो र सुविधाजनक ब्याट्री परिवर्तन सेवा प्रदान गर्नेछ ।
यस कदमले एसएआईसी मोटर र सीएटीएल बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र ईभी बजारमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सीएटीएलले २०२५ मा १ हजारभन्दा बढी ब्याट्री स्वाप स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ, जसले ईभी धनीलाई छिटो र सुविधाजनक ब्याट्री परिवर्तन सेवा प्रदान गर्नेछ ।
ती स्टेसनहरूमा ३० वटा ब्याट्री कम्पार्टमेन्ट राख्न सकिनेछ । एक खाली ब्याट्रीलाई पुरा ब्याट्रीसँग बदल्न १०० सेकेण्ड लाग्नेछ ।
सीएटीएलले २०२२ मा आफ्नो ब्याट्री स्वाप नेटवर्कको विकास सुरु गरेको थियो, जसले पहिलो पुस्ताको चोको-एसईभी ब्याट्रीहरू सार्वजनिक गर्यो । २०२४ को अन्त्यमा संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले दोस्रो पुस्ताको चोको-एसईबी जारी गर्यो ।
यी ब्याट्रीहरूको क्षमता ४२ देखि ७० किलोवाट आवर्सबीचको छ, जसले ६०० किमि सम्म माइलेज दिन सक्छ ।
चीनमा सीएटीएलको चेसिस लन्च, बिक्रीको मुख्य कारण सुरक्षा रहने कम्पनीको दावी
स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
Copyright © 2025 Bikash Media Pvt. Ltd.