६ महिनामा सेयरबाट ९ अर्ब ८२ करोड पुँजीगत लाभकर संकलन

  २०८१ माघ ३ गते ९:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२को ६ महिनामा सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । पुस मसान्तसम्म सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो ।

६ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर र सबैभन्दा कम पुस महिनामा पुँजीगत लाभकर संकलन भएको सिडिएससीले जनाएको छ ।

सिडिएससीका अनुसार मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ लाभकर उठेको छ । यस्तै पुस महिनामा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ लाभकर उठेको छ ।

साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख ९१८ रुपैयाँ, भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ संकलन भएको छ ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.