चितवन महोत्सवमा स्काईवेलले बेच्यो १ करोडको गाडी

  २०८१ माघ ३ गते १३:०२     विकासन्युज

काठमाडौं । चितवन महोत्सवको अवसरमा स्काईवेलले एक करोड रुपैयाँ बराबरको गाडी बेचेको छ ।

स्काईवेलका लागि नेपालको आधिकारिक विक्रेता जी मोटर्सले चितवन महोत्सव, २०८१ को अवसरमा कम्पनीको उच्च रेन्ज (६२० किलोमिटर) दिने स्काईवेलले ईटी फाइभ बेचेको जनाएको हो ।

महोत्सवमा नै गाडीको बुकिङ र डेलिभरी गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भने नेपालको बाटो सुहाउदो १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र सबैभन्दा बढी रेन्ज दिने भएकाले नै आकर्षण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक पारसमणी गेलालकाअनुसार उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भनेको नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको गाडी हो ।

युरोपियन बजारमा निकै अब्बल प्रमाणितसहित बिक्री वितरण भइरहेकाले स्काईवेलमा खास आकर्षण देखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

महोत्सवको अवसमार प्रबन्ध निर्देशक गेलालले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई नै मुख्य आधार क्षेत्र बनाएर स्काईवेलको सेल्स, शोरुम्, सर्विश र पार्ट्सहरू उपलब्ध गराउने बताएका छन् ।

चितवनका ग्राहकलाई सहज रूपमा सेल्स, सर्भिस उपलब्ध गराउने प्रतिबद्द्ता ब्यक्त गरेका गेलालले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको प्रीमियम ईटी५ नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटी फाइभ एसयूभी बिक्री–बितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । ईटी फाइभ, बिई इलाभेन मोडेलसँगै हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयुभी बिक्रीका लागी उपलब्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.