२०८१ माघ ३ गते १७:३४ विकासन्युज
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। बिहिबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ गते सेयर निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्काशनको अनुमति पाएको जनाएको छ । प्रति कित्ता १०० रुपैयाँमा सेयर निष्काशन हुनेछ । सेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.