चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म बने १२ पुल, ६५५ वटा निर्माण गर्ने लक्ष्य

  २०८१ माघ ३ गते १७:३२     विकासन्युज

फाइल तस्बिर ।

काठमाडौं । सरकारले देशभर साउनदेखि पुससम्म १२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार चालु आर्थि वर्ष २०८१/०८२ जम्मा ६५५ वटा पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।

जसमा चालु आव वर्ष सुरु भएयता पुससम्ममा १२ वटा पुल निर्माण गरेको जनाएको छ । यस्तै, ३७३ वटा पुल निर्माणाधीनको चरणमा रहेका छन् भने १२४ वटा पुल ठेक्का हुन बाँकी रहेको विभागले जनाएको छ । यसैगरी, १४६ वटा पुल योजनामा परेका छन् ।

सरकारले गत वर्ष देशभरमा दुई सय २२ पुल निर्माण गरेको थियो । अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको सडक विभागले जनाएको छ ।

विभागमा बजेटको अभाव भएकाले कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको सडक विभागअन्तर्गतको पुल महाशाखाका इन्जिनियर सवत खरेलले बताए ।

उनले भने, ‘विभागले सोचेअनुसारको प्रगति भएको छैन । विभागमा बजेटको अभाव छ । त्यसैले आयोजनाहरू सुस्त छन् ।’

विभागले पुल कहाँ-कहाँ बने भन्नेबारे खुलाएको छैन । हालसम्म देशभर सडक पुलको संख्या ३ हजार ७ सय १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.