२०७६ मंसिर १० गते ११:५५ विकासन्युज
काठमाडौं । नेपालमा दिगो विकास लक्ष्यहरुको प्रभावकारी ढंगबाट कार्यान्वयनका लागि काठमाडौंमा एक थलोमा छलफल भएको छ । उक्त छलफलबाट दिगो विकासका लागि कामगर्ने सम्पूर्ण सामाजिक संस्थाहरुको एक राष्ट्रिय सञ्जाल गठन भएको छ । उक्त सञ्जालमार्फत मुलुकभरी दिगो विकास लक्ष्यका विभिन्न आयामहरुमा सक्रिय भएर काम गर्ने सम्पूर्ण नागरिक संस्थाहरुको सहमति भएको छ ।
यसैगरी नेपालमा दिगो विकास लक्ष्यहरुलाई स्थानियकरण गर्ने र नेपालका मौलिक मुद्धाहरुलाइ विश्वव्यापी वहसमा लैजाने पहल थाल्नेमा पनि सरोकारवालबीच सहमति भएको छ । नेपालमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्रारम्भ देखीनै सक्रिय भूमिका निर्वाह गर्र्दै आएका सामाजिक संस्थाहरु, अभियन्ताहरु, स्वतन्त्र विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुबीच आगामि २०३० सम्म यहि साझा सञ्जाल मार्फत स्पष्ट कार्यनीति र नागरिक केन्द्रित उत्तरदायी व्यवस्थापन प्रणाली निर्माण गरेर अघि बढ्ने गरी एसडीजिएस् नेशनल कोअलिश्र नेपाल (एसएनसीएन) गठन भएको हो ।
यस स्वतन्त्र समूहले १५ दिनभित्र आफ्नो राष्ट्रिय रणनीति तथा कार्य दिशा तयार पार्ने र सबै विषयगत समितिहरु, मुख्यमुख्य समूहहरु तयगर्ने र स्पष्ट अवधारणा सहित अघि बढ्ने सहमति जुटाएको छ । यसैगरी कार्यक्रममा राइट हिअर् राइट नाउ (आरएचआरएन) सञ्जाल अन्र्तगत कार्यान्वयनमा रहेका गतिविधिहरु र दिगो विकास लक्ष्यहरुसंग नितिहरुको अन्तर सम्बन्धका बारेमा सामाजिक संस्थाहरुका विचमा जानकारी आदानप्रदान गरियो ।
किशोर किशोरीहरुका लागि शारिरिक र मनोवैज्ञानिक ढंगले अत्यन्तै आवश्यक वृहत यौनिकता शिक्षा र यसको अपरिहार्यताका बारेमा पनि सरोकारवालाहरु विचव्यापक छलफल भएको थियो ।
यस्ता छन् एसएनसीएन अन्र्तगत भएका थप निर्णायक कार्यहरु
समावेशी ढंगबाट सबै समेटिने गरी नौ सदस्यीय राष्ट्रिय समन्वय समिति गठन र यसको सचिवालयको जिम्वेवारी दिगो विकासका लागि राष्ट्रिय अभियान संस्थालाई प्रदान गरियो । पाँचवटा विश्वव्यापी शिद्धान्तामा रहेर सदस्यतामा आधारित साझा समूह निर्धारण गरेसँग बिषयगत क्षेत्रहरु स्पष्ट रुपमा किटान गर्दे सक्रिय जिम्मेवारी वहनगर्ने संस्थाहरुको छनौट गर्ने व्यवस्था छ ।
दिगो विकास लक्ष्य १६ प्लसको सचिवालयको भूमिका नेपालयुवा संस्था सञ्जाललाई प्रदान गरियो । दोस्रो पिपुल्स फोरमको मिति तथा कार्यक्रम घोषणा गर्नेछ । भिएनआरको सामाजिक संस्थाकातर्फबाट तयार हुने प्रतिवेदन समयमै सम्पन्न गर्न विज्ञ समूह गठन गर्ने तथा विश्वभरी र दक्षीण एसियामा दिगो विकास लक्ष्यमा भइरहेका संस्थागत तथा व्यक्तिगत प्रयासहरुबारेमा जानकारी आदानप्रदान गर्ने निर्णय गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.