२०७७ जेठ २६ गते ११:४५ विकासन्युज
काठमाडौं । करिब ५ साता लकडाउन गरेकाे न्युजिल्याण्डमा हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ । केहीदिन यता नयाँ संक्रमित नभेटिनुकाे साथै उपचारपछि निकाे भइ सबै संक्रमितहरू अस्पतालबाट घर फर्किसकेका छन् ।
न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेकामा खुसी व्यक्त गरेका छन् ।
पछिल्लो ४८ घण्टादेखि आइसोलेसनमा रहेका विरामीलाई कुनै लक्षण नदेखेपछि निकालिएको हो । न्युजिल्याण्डमा १ हजार ५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । १ हजार ४ सय ८२ जना उपचारपछि घर फर्किएका छन् ।
मार्च १९ देखि कडाइका साथ लकडाउन घोषणा गरेको न्युजिल्याण्डले पछिल्ला दिनमा शुन्य कोरोना संक्रमित भएसँगै बन्दाबन्दी खुकुलो बनाइएको छ । (अलजिजराबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.