प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल दार्चुलातर्फ प्रस्तान

  २०७७ असार ३ गते १०:३२     विकासन्युज

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन् ।

प्रधानसेनापतिसहितको टोली सेनाले निर्माण गरिरहेको घोरेटो बाटो, सेनाको अस्थायी बेस क्याम्प, सशस्त्र प्रहरीले स्थापना गरेको बीओपीलगायतको औपचारिक निरीक्षण गर्न दार्चुलातर्फ प्रस्थान गरेको गृह मन्त्रालयले जानकारी दिए ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणमा उनीहरू गएका हुन् ।

दार्चुलाको कालापानी नजिकैको छागंरुमा सशस्त्र प्रहरीले स्थापना गरेको बीओपी र सेनाको अस्थायी बेस क्याम्पको निरीक्षणमा बिहानै दुवै सुरक्षा निकायका प्रमुखहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.