२०७७ असार ७ गते ११:५० विकासन्युज
काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लागिरहेकाे छ । बिहान १०ः५० बजेदेखि सुरु भएकाे सुर्य ग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने बताइएकाे छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।
यी काम गरे शुभ हुने:
१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
३. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
४.ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।
५ . ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.