२०७७ भदौ ७ गते १६:५० विकासन्युज
काठमाडाैं । बानेश्वरकाे सिभिल अस्पतालमा कार्यरत चिकित्सक तथा नर्स राखिएकाे ठाउँमा विराेध गर्नेहरुलाई तत्काल कारवाही गरिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी चिकित्सक र नर्सलाई दुरव्यवहार गर्नेलाई तत्काल कारवाही हुने जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले ती व्यक्तिहरुलाई कारवाही गर्न सम्बन्धित पालिकालाई निर्देशन दिईसकेकाे बताएका छन् ।
जाेखिम माेलेर सेवामा खटिएका स्वास्थ्यकर्मीहरुमा यसरी दुरव्यवहार गर्ने सबैलाई कारवाही हुने पनि उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.