यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ६ निर्णय

  २०७७ भदौ १५ गते ११:५१     विकासन्युज

काठमाडाैं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडानबारे निर्णय गरेको छ ।

१. आन्तरिक उडान भदौ मसान्तसम्म बन्द गर्ने । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि मात्रै रोक लगाइएको थियो ।

२. शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने ।

३. लामो तथा छोटो दूरीको यातायातका साधन भदौ मसान्तसम्म बन्द गर्ने ।

यसअघि लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ १५ गतेसम्म मात्रै बन्द गर्ने निर्णय गरेका थिया । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

४. अन्तर्राष्ट्रिय हवाई उडानसर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो ।

५. रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने ।

६. ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत नियुक्त गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.