२०७७ भदौ १७ गते १८:२५ विकासन्युज
काठमाडौं । अब अत्यावश्यक वस्तुका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब अत्यावश्यक वस्तुका पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको हो ।
यस अघि सवा ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । अब खाद्य वस्तु, माछा मासु, पानी, फलफुल तरकारी, डेरी लगायतका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.