विश्व बैंकद्धारा नेपाललाई काेराेनाकाे समयमा शिक्षा सबैकाे पहुँचमा पुर्याउन १ अर्ब ३० कराेड सहयाेग

  २०७७ भदौ २० गते १०:३१     विकासन्युज

काठमाडाैं । विश्व बैंकले कोभिड–१९ को सङ्कटकाे बिच नेपालमा आधारभूत शिक्षामा पहुँच कायम गर्न र बच्चाहरूको लागि निरन्तर शिक्षा दिन विद्यालय क्षेत्र विकास कार्यक्रमकाे लागि १ अर्ब ३० करोडकाे आर्थिक सहयाेग गरेकाे छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रम आइडिएद्धारा स‌ंचालित कार्यक्रम हाे जसमा एसियन डेभलपमेन्ट बैंक, युराेपियन युनियन, फिनल्यान्ड, गाेल्बल पार्टनरसिप फर एजुकेसन जापान, ईन्टरनेसनल काेर्पेारेशन नरवे, युएसएड र युनिसेफले संयुक्त रुपमा सहयाेग रहेकाे छ । नेपालमा आधारभूत र माध्यमिक शिक्षाको गुणस्तर, समान पहुँच र दक्षता सुधार गर्नु यस कार्यक्रमको उद्देश्य हाे ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

‘कोभिड १९ काे को प्रभावका कारण बच्चाहरुकाे सीपमा भएकाे हानी कम गर्न सहयोग अनुदानका लागि हामी विश्व बैंक र जीपीईलाई धन्यवाद दिन्छौं,’ सचिव श्रीकृष्ण नेपालले भने। ‘अनुदानले स्कूल बन्द हुने क्रममा शिक्षाको निरन्तरतालाई सक्षम पार्न, विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः सुरु गर्न र विद्यार्थी र शिक्षकहरूमा पर्ने प्रभावहरूलाई कम गर्न सहयाेग पुर्‍याउँछ।’

यस अनुदानले मिडिया वा इन्टरनेटमा पहुँच नभएका बच्चाहरूको लागि टेलिभिजन, रेडियो र लर्निंग पोर्टलको माध्यमबाट टाढाका शिक्षा कार्यक्रमहरूलाई सहयोग पुर्‍याउन गतिविधिहरू सहयाेग गर्नेछ।

‘काेभिडकाे कारण नेपालकाे साथसाथै विश्वकै शिक्षा क्षेत्र सबैभन्दा बढि प्रभावित भएकाे छ र यसले बालबालिककाे सिकाईमा गहिराे असर गरेकाे छ,’  निर्देशक फारिस हदाद जार्भोसले भने । ‘बालबालिका, विशेष गरी केटीहरूको पहुँच र शिक्षाको सुरक्षाका लागि तत्काल आवश्यक समर्थन गर्ने क्रममा यस अनुदानले नेपाल सरकारको प्रयासलाई सहयोग पुर्‍याउँछ र नेपालको शिक्षाको क्षेत्रलाई राम्रो बनाउन सहयोग गर्दछ।’

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.