२०७८ जेठ १२ गते १५:५५ विकासन्युज
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जोरबिजोर लागु गरेको छ ।
तरकारी लिन आउनेको भिड लागेको भन्दै समितिले गत सोमबारदेखि चारपाग्रे सवारीमा जोरविजोेर लागु गरेको हो । निषेधाज्ञाको समयमा सिमित समयका खुल्ने बजारमा धेरै भिडभएपछि उक्त प्रणाली लागु गरिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जोर दिनमा जोर नम्बर तथा बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधनलाई मात्र बजारमा प्रवेशको अनुमति दिईएको छ ।
निषेधाज्ञाको समयका बिहान १ बजेदेखि ९ बजेसम्म मात्र बजार खुला हुँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.