२०७८ असार १ गते १५:४६ विकासन्युज
काठमाडौं । कोरोना विरुद्धको खोप नपाएको भन्दै आन्दोलित बजेका ट्यांकर चालकलाई सरकारले खोप उपलब्ध गराउने भएको छ ।
अन्य क्षेत्रमा खोप दिएपनि अतिआवश्यक सेवाको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालक तथा सहचालकलाई खोप नदिएको भन्दै उनीहरु आन्दोलित बनेका थिए ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।
भोलिबाट खोप लगाउने भएसगैँ आन्दोलनका कार्र्यक्रम फिर्ता भएको संघले जनाएको छ । एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएसगैँ आन्दोलनका कार्यक्रम फिर्ता लिईएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।
बुधबारदेखि थानकोट डिपोबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् । पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.