२०७८ असार ११ गते १४:०६ विकासन्युज
काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिक (इन्जीनियरहरुले) राजीनामा दिएका छन् । शुक्रबार विभिन्न ३२ जिल्लामा कार्यरत ३ हजार बढी प्राविधिकहरुले सामूहिक राजीनामा दिएका हुन् ।
सिंहदरबार घेराउ गर्दै प्राविधिकहरुले संयुक्तरुपमा प्राधिकरणका आयोजना निर्देशकसमक्ष राजीनामा बुझाएका हुन्।
प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले आफूहरुलाई दिइने भनिएका सेवा सुविधाबाट बञ्चित गराइँदा पटकपटक आन्दोलन गरेको र सुनुवाई हुने अवस्था नदेखिएपछि राजीनामा दिएको बताएका छन्।
Copyright © 2025 Bikash Media Pvt. Ltd.