उपत्यकामा आजबाट सवारीमा जोरबिजोर प्रणाली हट्यो

  २०७८ असार २२ गते ९:१०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट लागु हुने गरी जोरविजोर प्रणाली हटेको छ ।काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड पालन गराएर सवारीसाधन संचालन गर्नुपर्ने भन्दै जोरविजोर प्रणाली हटाएको हो । यस्तै बैठकले माइक्रो तथा टेम्पोलाई पनि स्वास्थ्य मापदण्ड पालन गराई चलाउन दिने अनुमति दिएको छ ।

यसअघि २५ सिट क्षमताका सार्वजनिक सवारीसाधनलाई मात्र चलाउने अनुमति दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.