जनार्दन शर्मा भन्छन्: प्रतिगमन परास्त भो

  २०७८ असार २८ गते १३:५५     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् ।

सोमबार सर्वाेच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका हुन् ।

आजै सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.