२०७९ भदौ २९ गते १४:१० विकासन्युज
काठमाडौं । नेपाल स्वरोजगार श्रमिक व्यापार संघले काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।
महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई व्यवस्थापन गर्नुपर्ने बेला विस्थापित गरेको कारण आफुहरुले आन्दोलन गर्न लागेको संघले बताएको छ ।
संघले बिहान ११ बजे सुन्धारामा साना व्यवसायीहरु जम्मा भएर महानगर कार्यालय परिसरमा पुग्ने जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.