२०८० जेठ १४ गते १४:०१ विकासन्युज
काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगर विराटनगर तनावग्रस्त भएको छ ।
प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको हो ।
आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनमा केही प्रहरीहरु घाइते भएका छन् र स्थिती नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.