२०८१ असार १६ गते १७:५९ विकासन्युज
काठमाडौं । सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका तनहुँलाई दमकल हस्तान्तरण गरेको छ । आइतबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त दमकल हस्तान्तरण गरेको हो ।
शुक्लागण्डकी नगरपालिको अनुरोधमा कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत दमकल हस्तान्तरण गरिएको हाे ।
शुक्लागण्डकी नगरपालिकाका मयेर कृष्णराज पडिंतले दमकलबाट शुक्लागण्डकी नगरपालिका र यस वरपरका पालिका तथा, सिंगो तनहुँ जिल्ला र आसपासको क्षेत्रहरु समेत लाभान्वित हुने धारणा व्यक्त गरे ।
सूर्य नेपालका फ्याक्ट्री प्रमुख बाबुराम कार्कीले दमकलबाट शुक्लागण्डकी नगरपालिका लगायत यस आसपासका क्षेत्रले उचित लाभ लिनसक्ने बताए ।
उनले भविष्यमा समेत शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न सूर्य नेपाल सकारात्मक रहेको जानकारी गराए ।
कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाकाे टिम, सूर्य नेपाल तनुहँका प्रतिनिधि, विशेष प्रहरी बलका प्रमुख एसपी केदार खनाल लगायतको उपस्थिति थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.