२०८१ असार १६ गते १८:१९ विकासन्युज
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएका झालाई अदालतले अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
झालाई शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएपछि झा फरार भएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.