२०८१ असार १९ गते १८:५० विकासन्युज
काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले पूरक अभियोगपत्र दायर गरेको छ ।
जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले तामाङविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो ।
तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाई सीआईबीले ७ करोड ८८ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यसअघिकै मुद्दामा तामाङ हाल डिल्लीबजार कारागारमा छन् ।
यसअघि उनीविरुद्ध चार वर्षअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.