कोरियन भाषा परीक्षा असोजमा, साउन पहिलो साता आवदेन दिनुपर्ने

  २०८१ असार २६ गते ७:४४     विकासन्युज

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जानेहरूको भाषा परीक्षा असोजमा हुने भएको छ । ईपीएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ ।

परीक्षा दिनेले साउन ७ गतेदेखि ११ गतेसम्म फाराम भर्नुपर्ने छ । परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ ।

शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.